दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई « Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिज इंग्ल्यान्डलाई


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ ।

पर्लमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान इयान मोर्गनले अविजित रहदै २६ रन जोड्दा जोश बट्लरले २२ रन बनाए ।

बेन स्टोक्सले १६ र जासन रोयले १४ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज शामीले ३ तथा लुंगी एनजिडीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ३० रन जोड्दा जर्ज लिन्डेले २९ रन बनाए । यस्तै रस्सी भान डेर डुसेनले अविजित २५ रन बनाए ।इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : ५६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा