छिट्टै बिर्सिने बानी छ ? खानुहोस् यी खानेकुरा « Khabarhub

छिट्टै बिर्सिने बानी छ ? खानुहोस् यी खानेकुरा


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कामको चाप तथा अनेकौँ कारणले तपाईँ हामी एकैछिनमा केही कुरा बिर्सिन्छौँ ।

एक पटक भनेको कुरा केही समयपछि नै के भनेको थियो भनेर सोच्न थाल्छौँ । तर, हामी त्यो के कुरा हो भनेर ठम्याउन सक्दैनौँ ।

यस्तै समस्या यदि तपाईलाई पनि छ भने आज हामीले त्यसलाई सम्झिनका लागि अपनाउनु पर्ने केही जानकारी प्रस्तुत गर्दैछौँ ।

वैज्ञानिकहरुका अनुसार धेरै भुल्ने समस्या खास पौष्टिक तत्वको कमीका कारण निम्तिएको हो । यस्तो अवस्थामा खानेकुरामा ध्यान दिएर यो समस्या हल गर्न पनि सकिन्छ । उसो भयो के खाने त ? यस्ता छन् सुझाव-

१. दालचिनी, मरिच चिया, कफी तथा बेसार

बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवनले समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

 

२. ओखर

जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरी

यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही

दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्‍याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पुर्‍याउँछ ।

५. गोलभेँडा

गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसी

मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँची

अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. जाइफल

जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ५७ बजे

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक

रसुवा बाढीपीडितलाई कांग्रेसको एक करोड राहत

काठमाडौं– नेपाली कांग्रेसले  रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र