एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु « Khabarhub

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो ।

दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका  बिरामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरीको तिलाठी कोइलाडी –२ का हुन् ।

एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् ।

तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको