बहुउपयोगी कपुर : यस्ता छन् चामत्किारिक गुण « Khabarhub

बहुउपयोगी कपुर : यस्ता छन् चामत्किारिक गुण


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपुर हामीले पूजापाठ र आरती बाल्दा मात्र प्रयोगमा ल्याउने गर्छौँ । तर कपुरको बिशेषता पूजा पाठमा मात्र सिमित छैन ।

कपुर मानव स्वास्थयको लागि पनि निक्कै फाइदाजनक र लाभकारी मानिन्छ। यस्ता छन् कपुरका अनगिन्ति फाइदाहरु–

जलेको ठाउँमा राहत

कपुर चिसो हुन्छ। त्यसैले शरीरको कुनै भाग पोलेमा कपुर लगाउन सकिन्छ । जसले पोलेको स्थानमा शीतल महशुस गरिन्छ । यसका साथै शरीरमा कपुरलाई घोलेर पोलेको ठाउँमा लगाए राहत मिल्छ ।

कपालको लागि फाइदा

कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन। त्यसैले कपुर कपालको लागि धेरै लाभकारी मानिन्छ।

एलर्जीबाट जोगाउँछ

जाडोमा हाम्रो छाला सुुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्जी आउने र छाला बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। साथै छालामा पनि चमक ल्‍याउँछ।

अनुहारमा चमक ल्‍याउन उपयोगी

कसैको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काँचो दूधमा मिलाएर लगाएमा अनुहारमा चमक आउँछ।

शरीरमा पीडाको औषधी

यदि कसैलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना आएमा कपुरलाई तेलमा मिलाएर मालिस गर्नुपर्छ । जसबाट शरिरमा आराम हुन्छ ।

पेट दुखेमा

कोहि पनि व्यक्ति अचानक पेट दुखेर हैरान छ भने कपुरले आराम दिलाउँछ । एक गिलास पानीमा कपुुर हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ४३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल