परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ ।

त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।

सरकारी स्रोतका अनुसार मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको संवाद हिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ ।

यसबाहेक भारत भ्रमणकाक्रममा मन्त्री ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा समेत कुरा उठाउने छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका विषयमा क्याबिनेटमा अनौपचारिक छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : ०१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका