जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द « Khabarhub

जापानमा नियम उल्लंघन गर्ने ७८ नेपाली विद्यार्थीको भिसा रद्द


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओकिनावा– जापानमा अध्ययनका लागि गएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् ।

उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि उनीहरुको बसोवास अनुमति रद्द गरिएको हो । ओकिनावाको उरासोमा जापान ल्याङग्वेज स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब बसोवास अनुमति नवीकरण गर्न नपाउने ओकिनावा टाइम्सले जनाएको छ ।

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ ।

यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ ।
गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् ।

६ महिनाको लागि बसोवास बनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन् किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : ४० बजे

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन