एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. पाण्डे निर्वाचित « Khabarhub

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. पाण्डे निर्वाचित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा काठमाडौं मेडिकल कलेजका स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे निर्वाचित भएका छन् ।

हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यमा डा. बिनोद विजुक्छे (ग्रान्डी इन्टरनेनल हस्पिटल), महासचिवमा व्यापक पौडेल (ग्रान्डी इन्टरनेशनल हस्पिटल), कोषाध्यक्षमा डा. गौरव राज ढकाल (राष्ट्रिय ट्रमा सेन्टर), सहसचिवमा डा. राजेश कुमार चौधरी (बी एण्ड बी हस्पिटल) निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा. प्रेमबहादुर शाही (कन्काई हस्पिटल, बिर्तामोड), डा. राजेश प्रताप शाह (बीरेन्द्र सैनिक हस्पिटल), डा. योगेन्द्र अग्रहरी (तिनाउ हस्पिटल, बुटवल), डा. ज्ञानेन्द्र शाह (राष्ट्रिय ट्रमा सेन्टर) रहेका छन् ।

हाल मुलुकमासंख्या ५१ जना भन्दा बढी अर्थोपेडिक स्पाइन सर्जनहरु छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : २४ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब