वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित « Khabarhub

वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । १९ नोभेम्बर २०२० तारिख का दिन वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।

उक्त समाहरोहमा वल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको छ । हाल सम्म यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी हो ।

सन १९७८ मा स्थापित, वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यपी आईसीटी उद्योग को अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेकोछ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार का आयोजना गर्दै आइरहेकोछ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो । २० वर्ष अगाडि, ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजील्याण्डदेखि बंगलादेशसम्म र मलेसियादेखि दक्षिण अफ्रिका र नाइजेरियादेखि अर्जेन्टिना र क्यानडासम्म दुनियाका ८० भन्दा बढी देशहरुका आईसिटी उद्योगलाई संसारका सबै कुनाबाट सबैभन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौंठो बनाउँछ ।

वल्र्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वल्डलिंक पनि छनौट भएको हो ।

“यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० वर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागिहरूलाई समीक्षा एवम सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ,“ विट्साका अध्यक्ष यभोन्ने चियु ले भने ।

वल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं। ”

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  २ : १९ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल