झापाका ५० वर्षीय प्रधानको हत्या आरोपमा तीन पक्राउ « Khabarhub

झापाका ५० वर्षीय प्रधानको हत्या आरोपमा तीन पक्राउ


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पूर्णबहादुर प्रधानलाई कुपपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रधानलाई कुटपिट गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।

प्रधानले आइतबार राति सवा ८ बजे बेमादोर्जी तामाङलाई हिर्काएका थिए। त्यसपछि उनीहरूले प्रधानमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका प्रधानलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।

उपचारका क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

‘मृतकले पहिले कुटपिट गरेपछि उनीहरूले हिर्काएको भनेका छन्। अहिलेसम्म हामीसँग यति नै जानकारी छ,’उनले भने,’आज म्याद थप गरी थप सोधपुछ पछि अरू कारणहरू खुल्छ।’

प्रधानको मृत्यु भएको खबर पाएपछि प्रहरीले तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरूमाथि अनुसन्धान तथा कानुनी कारबाहीको लागि काँकडभिट्टामा राखिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया