चुनावमा 'धाँधली' भएको प्रमाण पेश गर्न खोज्दा अदालतले नसुनेको ट्रम्पको आरोप  | Khabarhub Khabarhub

चुनावमा ‘धाँधली’ भएको प्रमाण पेश गर्न खोज्दा अदालतले नसुनेको ट्रम्पको आरोप 


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी परिणामको विषयमा अमेरिकाको अदालती प्रणालीमाथि नै गुनासो पोखेका छन् ।

उनले चुनावका विषयमा आफूले प्रमाण पेश गर्न खोज्दा समेत अदालतले आफ्नो पक्ष सुन्न तयार नभएको आरोप लगाएका हुन् ।

उनले फेरि पनि जोड दिएर चुनाबमा आफ्नो हार भएको कुरा स्वीकार नगर्ने बताए । चुनाबी नतिजापछि पहिलो अन्तरवार्ताको क्रममा ट्रम्पले फक्स न्यूजसँग यस्तो बताएका हुन् ।

ट्रम्पले भने ‘हामी प्रमाण पेश गर्ने प्रयास गरिरहेका छौं तर न्यायाधीशले अनुमति दिइरहेका छैनन् । हामीसँग कैयौं प्रमाण छन् । हामीलाई प्रमाण पेश गर्न दिइएको छैन । म यस सम्बन्धमा पनि मुद्दा दायर गर्छु । हामीसँग हजारौं एफिडेविट छन् ।’

ट्रम्पले चुनावमा आफ्नो हार भएको कुनै हालतमा मान्न नसक्ने बताउँदै चुनाबमा धाँधली भएको कुरा दोहोर्‍याए ।

ट्रम्पले जो बाइडेनलाई पनि कुनै हालतमा राष्ट्रपतिको रुपमा स्वीकार नगर्ने बताए ।

ट्रम्पले भने ‘ठूलो मात्रामा भोटिङ फ्रडको उनको षड्यन्त्रलाई बिर्सन सक्दिनँ । तपाइँले मेरो राय बदल्न सक्नुहुन्न । ६ महिनामा मेरो दृष्टिकोण बदलिएको छैन । यो चुनावमा धाँधली भएको छ । यो चुनाव पूर्ण रुपमा फर्जी थियो । यदि यस्तो हुँदैनथ्यो भने हामी सजिलै चुनाव जित्थ्यौं ।’

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २२ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि