नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन « Khabarhub

नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धी नं. २८ बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सेमिनार २०७७’ सञ्चालन गरेको छ।

नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरु, बिभिन्न गढि तथा किल्लाहरुको पहिचान तथा मर्मत संभार गर्दै आएको सन्दर्भमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको जंगी अड्डाले जनाएको छ।

कार्यक्रमको दौरान एकीकरण मार्ग कार्यक्रमको अवधारणा, सेमिनारको मोडालिटी सम्बन्धी जानकारी एवं वृत्तचित्र प्रदर्शन र एकीकरण मार्ग कार्यक्रम अन्तरगत देशैभरी हालसम्म सञ्चालित गतिविधिहरूबारे जानकारी गराइएको थियो।

उक्त सेमिनारमा पर्सागढी, बारागढी र सिम्रौनगढको ऐतिहासिक सम्पदा संरक्षण, विकास योजना, ऐतिहासिक महत्व तथा नेपाल एकीकरणमा लडैया समनपुर युद्दस्थलको महत्व तथा बारा जिल्लामा निर्माणाधिन एकीकरण स्मृति उद्यान बारे प्रस्तुतिकरण भएको थियो।

बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय पदाधिकारी एवं प्रतिनिधीहरु, तीनवटै जिल्लाका स्थानीय बुद्धिजीबी तथा पत्रकारहरु लगायत नं. २८ बाहिनी अड्डा अन्तरगत बारा, पर्सा र रौतहट जिल्लामा तैनाथ गणका गणपति एवं अधिकृतहरु सम्मिलित सो कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १० : ४९ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष