नयाँ प्रजातिको कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद « Khabarhub

नयाँ प्रजातिको कोरोनाका कारण यूएईले थप्यो एक महिना भिसाको म्याद


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको भन्दै विभिन्न देशहरुले हवाई उडानमा प्रतिबन्ध लगाएको कारण समस्यामा परेका पर्यटकहरुका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाको म्याद एक महिना थप गरेको छ ।

यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्न निर्देशन दिएको प्रधानमन्त्रीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

बेलायतमा देखापरेको नयाँ प्रजातिको कोरोना संक्रमण फैलिन थालेपछि अहिले विभिन्न मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाइरहेका छन्।

यूएई सरकारको यो निर्णयसँगै भिजिट भिसामा रहेका नेपालीसहित अन्य बिदेशी नागरिकले एक महिना बिना जरिवाना यूएईमा बस्ने पाउने भएका छन् ।

यो समाचार तयार पार्दासम्म यूएईमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्य २ लाख ४ हजार ३६९ पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ८१ हजार ४ सय पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्य ६६२ जना रहेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : ५६ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने