महिलाका यी अंगमा पुग्छ पुरुषको कर्के नजर « Khabarhub

महिलाका यी अंगमा पुग्छ पुरुषको कर्के नजर


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जब एक पुरुषको एक महिलासँग जम्काभेट हुन्छ उसको पहिलो नजर महिलाको कुन अंगमा पर्ला ? धेरै महिलाको अनुमान फेल खान सक्छ।

पुरुषको पहिलो नजर महिलाको छात्ती पर्छ भन्ने धेरै महिलालाई लाग्दो हो। तर, होइन। पछिल्लो एक सर्वेक्षणले देखाए अनुसार पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ ।

अन्तराष्ट्रिय स्तरमा गरिएको एक सर्वेक्षणको अनुसार आँखापछि पुरुषहरुको नजर उनको मुस्कानमा केन्द्रित हुन्छ । त्यसपछि मात्रै पुरुषको नजर अन्त मोडिन्छ । सर्वेक्षणको नतिजा अनुसार ७० प्रतिशत पुरुषको पहिलो नजर आँखामा पर्छ । ७० प्रतिशत पुरुषले पहिलो भेटमा महिलाको आँखामा सबैभन्दा पहिला हेर्छन् ।

ब्रिटेनको आई ड्रप नामको संस्थाले २ हजार मानिसमा यो सर्वे गरेको थियो । जसमा १ हजार महिला र १ हजार पुरुष सामेल थिए । यिनीहरुलाई जब पहिलो पटक ‘अपोजिट सेक्स’को मानिसहरुसँग भेट हुन्छ तव कुन अंगमा पहिलो नजर जान्छ भनेर सोधिएको थियो । जसमा ७० प्रतिशतले पहिलो नजर आँखामा, दोस्रोमा मुस्कान र तेस्रोमा महिलाको छात्तीमा जाने बताए ।

सर्वेकाअनुसार पुरुषको केही ध्यान महिलाहरुको तौल र हेयर डिजाइनमा पनि जाने पाइएको थियो । यी सबैमा नजर परिसकेपछि पुरुषहरुलाई यदि ती महिला मनपरेमा मात्र उनीहरुको नजर ड्रेस सेन्स र उचाईमा जान्छ ।

सर्वेको अनुसार पुरुषहरुले महिलाहरुको नाकलाई सबैभन्दा कम महत्व दिएको पाइयो । मतलब पुरुषहरुले महिलाको नाकलाई सबैभन्दा अन्तिममा हेर्छन् । तर महिलाहरुले पुरुषहरुको उचाईलाई पहिलो प्राथमिकता दिन्छन् । महिलाहरु पुरुषहरुको छालाको रंगमा पनि ध्यान दिँदैनन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ५ : ५४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ