तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता « Khabarhub

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ ।

गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।

तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

“यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ”, गुरुङले भने । ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ ।

“पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ”, उनले भने, “निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ ।”

ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैँटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ९ : २२ बजे

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा खसीबोका महँगियो

फुङ्लिङ- दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ

६ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध

काठमाडौँ- दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्पूर्ण छ सडक पूर्णरुपमा

सवारी दुर्घटनामा घाइते एकको मृत्यु

सुर्खेत– मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारूको उपचारको क्रममा मृत्यु भएको

मकवानपुरमा मतदाता सङ्ख्यामा वृद्धि

बागमती– यही आउँदो मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेश

हाइटेन्शन लाइनमुनि इको पार्क र वृक्षारोपण 

बारा- वन क्षेत्रबाट विद्युत् प्रसारणको लाइन निर्माण हुँदा वन विनाश