ओली पक्षीय नेकपा कार्यकर्तालाई पनि कार्की ब्यांक्वेटमै प्रशिक्षण दिइने « Khabarhub

ओली पक्षीय नेकपा कार्यकर्तालाई पनि कार्की ब्यांक्वेटमै प्रशिक्षण दिइने

सुदूरपश्चिम प्रदेशका कार्यकर्तालाई प्रशिक्षण


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो ।

आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रम १२ बजेदेखि काठमाडौँको कार्की ब्यांक्वेटमा हुने उनले बताए ।

यसअघि प्रचण्ड– माधव नेपाल समूहको नेकपाले कार्यक्रम गर्दै आएको कार्की ब्यांक्वेटमै केपी शर्मा ओली नेतृत्वको नेकपाले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्न थालेको हो ।

यसअघि प्रचण्ड–नेपाल समूहले पनि कार्की ब्यांक्वेटमा नै भेला तथा बैठक गर्दै आएका थिए। सो समूहको कार्की ब्यांक्वेटमा नै बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णइ गरेको थियो।

ओली समूहले त्यही ठाउँमा कार्यकर्ता भेला तथा प्रशिक्षण राख्नुलाई रणनीतिक रुपमा हेरिएको छ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ४९ बजे

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त