पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धन « Khabarhub

पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धन


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- पर्वत र कास्कीमा सञ्चालित होमस्टे प्रवर्द्धनको कार्यक्रम सुरू गरिएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका पदाधिकारीले पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मंगलबार पर्वत र कास्कीको होमस्टे क्षेत्रमा भ्रमण गरी सरोकारवालासँग अन्तरक्रिया गरेका छन् ।

पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक होमस्टे र भुकदेउराली नमूना गाउँ सामुदायिक होमस्टे एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक होमस्टेको प्रवर्द्धनात्मक भ्रमण गरिएको हो ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवर्द्धन  र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सञ्चालित उक्त कार्यक्रमअन्तर्गत प्रवर्द्धन टोली घरवासमा पुगी सरोकारवालाबीच अन्तरक्रिया गरेको छ ।

भुकदेउराली नमूना गाउँ सामुदायिक घरवासमा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवर्द्धनको पर्खाइमा रहेको बताइन् । भुकदेउरालीलगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आफूले प्राथमिकतामा राखेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताए । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटोलगायतका पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउरालीलगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताए ।

भुकदेउराली सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आफूहरू सक्रिय बनेको बताए ।

कार्यक्रममा घरवासका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदीलगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : ०५ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक