नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडाँमा जारी छ ।

पुस ५ प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सडक संघर्ष थालेको दाहाल-नेपाल समूहले थप आन्दोलनको कार्यक्रम तय गर्न बैठक बसेको जनाएको छ ।

संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाएको संघर्ष समितिका सदस्यसहित स्थायी कमिटी सदस्यहरूबीच अहिले छलफल जारी रहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दाहाल भने बैठकबाट निस्किएको उनले बताए ।

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा सो समूहमा पक्षमा २७ जना सदस्य छन् । केपी ओलीको पक्षमा भने १६ जना स्थायी कमिटी सदस्य खुलेका छन् । पार्टी विभाजनपछि उपाध्यक्ष बामदेव गौतम भने अहिलेसम्म कुनै पक्षमा लागेका छन् ।

प्रतिनिधिसभा विघटन प्रकरणपछि दुबै समूहले एक अर्कालाई कराबाही गर्दै समानन्तर बैठक जारी राखेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : १९ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब