युट्युबमा रुचाइयो दीपक–दीपाको ‘छक्का पञ्जा ३’ « Khabarhub

युट्युबमा रुचाइयो दीपक–दीपाको ‘छक्का पञ्जा ३’


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्ष २०७५ मा फिल्म हलमा रिलिज भएर व्यावसायिक सफलता हात पारेको फिल्म ‘छक्का पञ्जा ३’ युट्युबमा केही दिनयता नम्बर एक ट्रेन्ड्रिङमा रहेको छ ।

६ दिनअघि हाइलाइटस् नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको यो फिल्मलाई दर्शकले मन परेको भन्दै प्रतिक्रिया दिएका छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भए पनि फिल्मले समीक्षा भने राम्रो पाएको थिएन । ‘दीपक–दीपा’ ब्राण्डका कारण फिल्म युट्युब रिलिजका लागि पनि प्रतीक्षित थियो ।

हास्य विधामा निर्माण गरिएको यो फिल्ममा विद्यालयमा हुने राजनीतिलाई कथानक बनाइएको छ ।

फिल्मको स्किृप्ट दीपकराज गिरीले लेखेका हुन् भने सुमन गिरी, शिवहरि पौडेल, किरण केसी र ताराचन्द्र बजगाईंले निर्माण गरेका हुन् ।

युट्युबमा फिल्म हेरेका दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

‘एकदम राम्रो फिल्म, फिल्ममा नैतिक शिक्षा पनि छ, मनोरञ्जन पनि छ, यस्तो फिल्म कहिल्यै हेरिएको थिएन,’ रोहित पराजुलीले लेखेका छन् ।

यस्तै अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘सामाजिक कथामा एक उत्कृष्ट फिल्म ।’

फिल्मलाई कतिपयले सरकारी विद्यालयको प्रतिबिम्ब भएको बताएका छन् । फिल्ममा सरकारी विद्यालयमा शिक्षक र व्यवस्थापन पक्षले गर्ने लापरवाहीलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

यो समाचार तयार पार्दासम्म ‘छक्का पञ्जा ३’ ६२ लाख ८५ हजारभन्दा बढीले हेरेका छन् भने फिल्ममा झण्डै ८ हजार प्रतिक्रिया आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ४३ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम