सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन « Khabarhub

सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ ।

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो ।

उनले भने, ‘फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक÷एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।’

ल्यापटप र टेलिभिजन खरीदका लागि गाउँपालिकाले फाउण्डेशनलाई रु पाँच लाख उपलब्ध गराएको उनले बताए ।सामग्री खरीदका लागि आवश्यक थप रु ३० लाख फाउन्डेशनले व्यहोरेको प्रमुख पन्तको भनाइ छ ।

‘कोरोना सङ्क्रमणका कारण विद्यालयमा अनलाइन कक्षाको विकास गर्नुपर्छ भन्ने अनुभूति सबैलाई भएको छ’, उनले भने, ‘कम्तीमा एउटा कम्प्युटर र एउटा टिभी उपलब्ध गराएका विद्यालयमा आइटिसी कक्षामा विद्यार्थीले अनलाइन प्रविधिको माध्यमबाट पढ्न पाउँछन् ।’

उनले कम्प्युटर र टेलिभिजन उपलब्ध गराएका विद्यालयहरुले अब अनलाइन प्रविधिको प्रयोग गरी भिडियोमार्फत कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएको बताए ।

‘सबै विद्यालयका एकजना शिक्षकलाई तालीमसमेत दिएर पठाइएको छ’, प्रमुख पन्तले भने ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : १५ बजे

दशैँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ वटा खेलमा

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी– सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ ।

काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ उपत्यकाको बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार ‘स्मार्ट लाइसेन्स’ छापिँदै

काभ्रे– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ