पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डको शानदार जित, पाकिस्तान १०१ रनले पराजित « Khabarhub

पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डको शानदार जित, पाकिस्तान १०१ रनले पराजित


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तान १०१ रनले पराजित गरेको छ ।

न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो ।

पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झण्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्यूजील्यान्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई ‘कट एन्ड बोल्ड’  गरेर समाप्त पारिदिएका थिए ।

यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौं विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर यो जोडीलाई कायले जेमिसनले तोडेका थिए ।

जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २७१ रन मात्र बनाएको थियो ।

न्यूजील्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकी पाकिस्तानी टोली पहिलो इनिङमा २३९ र २७१ रनमा अल आउट भएको थियो ।

यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्यूजील्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ मा क्राइस्टचर्चमा हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : ३० बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष