कतार एयरवेज र ओमान एयर बीच कोडशेयर सम्झौता « Khabarhub

कतार एयरवेज र ओमान एयर बीच कोडशेयर सम्झौता


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले आफ्नो विश्वव्यापी रणनीतिक साझेदारी विस्तार गर्ने क्रममा ओमान एयरसँग विस्तारित कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।

जसले दुवै एयरलाइन्सका ग्राहकहरूलाई अधिक यात्राका सुविधा एवं विकल्पहरू प्रदान गर्नेछ ।

यस विस्तारित कोडशेयर सम्झौता दुई एयरलाइन्स बीच सन् २००० मा सुरु भएको रणनीतिक सम्बन्धलाई थप सुदृढ पार्ने पहिलो चरणको कदम हो । थप गन्तव्यहरूको टिकट बिक्री २०२१ मा सुरु हुनेछ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले खाडी क्षेत्रका अग्रणी एयरलाइन्स मध्ये एक ओमान एयरसँग कोडशेयर साझेदारी अझ विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले अगाडि भने, ‘हाम्रो कार्य प्रणाली सुदृढ गर्दै हाम्रो यात्रुहरुलाई विश्वमा सयौँ गन्तव्यहरुसँग जोड्ने सुविधा प्रदान गर्न उद्योग भर रणनीतिक साझेदारी मजबूत गर्न महत्वपूर्ण छ । हाम्रा यात्रीहरूलाई अतुलनीय सेवा र उनीहरूले इच्छा अनुसारको यात्रा गर्न अधिक सुविधा प्रदान गर्दै २००० देखि नै हामी दुबै एयरलाइन्सले व्यावसायिक सहयोगले ल्याएका फाइदाहरू देखेका छौँ ।’

ग्राहकहरुलाई अझ बढी सुविधाहरु प्रदान गर्न ओमान एयरसँग व्यापारिक सहयोगलाई अझ सुदृढ पार्ने एयरले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १२ : ४५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ