दूधमा तुलसीको पात उमालेर पिउँदा हट्नेछ पत्थरी « Khabarhub

दूधमा तुलसीको पात उमालेर पिउँदा हट्नेछ पत्थरी


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

औषधीय गुण भएको वनस्पति तुलसी हरेक रोगको औषाधि मानिन्छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ ।

यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ ।  यस्छा छन् फाइदा-

हृदय रोगमा : दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा : यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता : तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

दम रोगमा फाइदा : यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत : दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा : यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २३ बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार