ब्रुनो फर्नान्डेज ५ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध « Khabarhub

ब्रुनो फर्नान्डेज ५ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।

युनाइटेडले फर्नान्डेजलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट अनुबन्ध गरेको हो । युनाइटेडसँग फर्नान्डेजले साढे पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी सन् २०२५ को सिजनसम्म युनाइटेडमा रहने छन् ।

यस सिजन फर्नान्डेजले लिस्बोनबाट २८ खेलमा १५ गोल गरेका छन् । उनले लिस्बोनका लागि १३७ खेलमा ६३ गोल र ५२ गोलका लागि पास उपलब्ध गराएका थिए ।

पोर्चुगलका लागि १९ खेल खेलिसकेका फर्नान्डेज सन् २०१९ को युएईएफए नेसन्स लिग जित्दा टिममा मुख्य खेलाडी थिए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर