ब्रुनो फर्नान्डेज ५ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध « Khabarhub

ब्रुनो फर्नान्डेज ५ वर्षका लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्ध


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।

युनाइटेडले फर्नान्डेजलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनबाट अनुबन्ध गरेको हो । युनाइटेडसँग फर्नान्डेजले साढे पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै उनी सन् २०२५ को सिजनसम्म युनाइटेडमा रहने छन् ।

यस सिजन फर्नान्डेजले लिस्बोनबाट २८ खेलमा १५ गोल गरेका छन् । उनले लिस्बोनका लागि १३७ खेलमा ६३ गोल र ५२ गोलका लागि पास उपलब्ध गराएका थिए ।

पोर्चुगलका लागि १९ खेल खेलिसकेका फर्नान्डेज सन् २०१९ को युएईएफए नेसन्स लिग जित्दा टिममा मुख्य खेलाडी थिए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : २० बजे

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५