हिउँदे वर्षाले तरकारीमा क्षति | Khabarhub Khabarhub

हिउँदे वर्षाले तरकारीमा क्षति


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ ।

जिल्लाका किसानले लगाएका आलु, गोलभिँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए ।

उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ । यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ती मध्ये आलु दुई हजार ८००, गोलभिँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।

हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभिँडा खेतीमा क्षति भएको छ । उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ ।

खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ । उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिए ।

किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरे ।

बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : २५ बजे

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट

युनिसेफद्वारा अफ्रिकी बालबालिकाको शिक्षामा लगानी बढाउन आह्वान

नैरोबी – अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई

‘नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक’

काठमाडौं – बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : विष्णु पौडेल

लुम्बिनी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास

‘स्पन्ज आइरनमा भन्सार वृद्धि औद्योगिकीकरण विरुद्ध’

काठमाडौं– फलामे छड उत्पादक उद्योगहरूले आयात गर्ने स्पन्ज आइरनमा गरेको