दुध बेच्न हिँडेकी तामाङलाई टिपरले किच्यो, स्थानीयले गरे दुई दर्जनबढी टिपर र स्काभेटरमा तोडफोड « Khabarhub

दुध बेच्न हिँडेकी तामाङलाई टिपरले किच्यो, स्थानीयले गरे दुई दर्जनबढी टिपर र स्काभेटरमा तोडफोड


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– टिपरले ठक्कर दिँदा महिलाको ज्यान गएपछि गोरखाको छेपेटार क्षेत्र तनावग्रस्त बनेको छ ।

दूध बिक्रीका लागि बजार हिँडिरहेकी महिलालाई गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा उनको ज्यान गएको छ ।

टिप्परको ठक्रबाट गोरखा नगरपालिका १० अमलापानीका ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । क्रसरबाट निस्केको टिपरले उनलाई किचेको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले उक्त क्रसर उद्योगमा रहेका दुई दर्जन बढी टिप्पर र स्काभेटरमा तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् ।

तामाङको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् ।

महिलालाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएपी खतिवडाले बताए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ३९ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र