मेयर शाक्यले गरे चावहिलमा सार्न मिल्ने पुलको सिलान्यास, असार २७ गतेभित्र बनिसक्ने « Khabarhub

मेयर शाक्यले गरे चावहिलमा सार्न मिल्ने पुलको सिलान्यास, असार २७ गतेभित्र बनिसक्ने


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ ।

फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन् ।

प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बनाए । पुल ६ महिनाभित्र बनाइसक्न उनले ठेकेदारलाई निर्देशन समेत दिए ।

पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भने, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।”

त्यसैगरी कामपाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : ३३ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ