प्रहरीको सई हुँ भन्दै ३ लाख ठगे, ठगेको रकमले बिहेको कोट किने « Khabarhub

प्रहरीको सई हुँ भन्दै ३ लाख ठगे, ठगेको रकमले बिहेको कोट किने


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामछापको मन्थी नगरपालिका–२ टेकनपुर घर भइ हाल काठमाडौंको बसुन्धरा बस्दै आएका २६ वर्षीय राजु कार्की छन् ।

कार्कीलाई महानगरीय अपराध महाशाखाको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार कार्कीले हालै मात्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भइ काठमाडौंको मनहरा बस्ने लक्ष्मण गिरीलाई ठगी गरेका थिए ।

कार्कीले आफू प्रहरीको सई भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताएका थिए । आफ्नो बैंक खातामा धेरै रकम जम्मा भएकाले कतैबाट छानबिन भएमा अप्ठेरोमा पर्न सक्ने भन्दै उनले गिरीको बैंक खातामा ३० लाख जति रकम जम्मा गरिदिने प्रलोभन देखाएका थिए ।

उक्त रकम जम्मा गर्नु अगाडि आफूहरुबीच दोहोरो कारोबार भएको देखाउनुपर्ने भन्दै कार्कीले गिरीसँग ३ लाख रुपैयाँ मागेका थिए ।

गिरीले उनको कुरा मानेर कार्कीलाई ३ लाख रुपैयाँको चेक काटेर दिएका थिए । तर, कार्की भने ३ लाख रुपैयाँको चेक साटेर फरार भएका थिए ।

रकम निकालेको केही समयपछि मात्रै आफू ठगिएको थाहा पाएका गिरीले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार कार्कीले गिरीबाट ठगी गरेको लिएको रकम चितवनमा रहेका एकजना आफन्तको बिहेमा सरिस हुनका लागि कोट–पाइन्टलगायत कपडा किन्न खर्च गरेको बताएका छन् । बचेको रकम काठमाडौंको ठमेल लगायत क्षेत्रमा गएर खर्च गरेको तथा मोटरसाइकल मर्मत गरेको पनि उनले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले उनको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ बा ९१ प ७४४६ नम्बरको केटिएम डुके २०० सीसीको मोटरसाइकल, हेल्मेट लगायत सामग्री बरामद गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : १४ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य