प्रदेश एकको नामकरण आगामी अधिवेशनले टुङ्ग्याउने | Khabarhub Khabarhub

प्रदेश एकको नामकरण आगामी अधिवेशनले टुङ्ग्याउने


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङग्याउने बताएका छन् ।

सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उनले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दावी गरे ।

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उनले प्रतिवद्धतासमेत जनाए । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताए।

राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो । सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आफूले यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : १५ बजे

स्याउ उत्पादक किसानलाई सडक बाधक

काँक्रेविहार– कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ ।

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल

भारतीय र नेपाली मेकर मिलेर फिल्म ‘मोना लिसा’ बनाउने

काठमाडौं – भारतीय र नेपाली मेकरहरु मिलेर फिल्म ‘मोना लिसा

नायक विजय बरालाई पुत्री लाभ

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ– व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध