हलेसीका ५ सय स्थानीयलाई नेपाल मेडिसिटीका चिकित्सकद्वारा निःशुल्क परामर्श « Khabarhub

हलेसीका ५ सय स्थानीयलाई नेपाल मेडिसिटीका चिकित्सकद्वारा निःशुल्क परामर्श


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा ५ सय जनाको स्वास्थ्य परीक्षण गरेका छन् ।

खोटाङस्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए ।

स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको थियो ।

मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागि हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनले बताए । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले बताए ।

हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए । सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई बताएका थिए ।

राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताए ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : ४१ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ