नेकपा बैठकः प्रदेश कमिटी अध्यक्षहरुले गरे रिपोर्टिङ « Khabarhub

नेकपा बैठकः प्रदेश कमिटी अध्यक्षहरुले गरे रिपोर्टिङ


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश कमिटीका प्रमुखहरुले रिपोर्टिङ गरेका छन् ।

शुक्रवार(आज) समूहगत छलफल सकिएपछि शुरु भएको बैठकमा पार्टीका प्रदेश कमिटीका प्रमुखहरुले धारणा राख्न शुरु गरेका हुन् ।

शुक्रबार प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ गरेका छन् ।

त्यस्तै सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथाेकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा. राजन भट्टराई र यसक्रमकाे अन्तिम शृङ्खलामा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चाैलागाईकाे रिपोर्टिङ सकिएको छ ।

समूहगत छलफल सकिएसँगै टोली नेताले पनि समूहको निश्कर्ष सुनाउने छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ३ : ४८ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय