फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी | Khabarhub Khabarhub

फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गर्न रोक लगाएको छ ।

केन्द्रीय बैकले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत् विज्ञापनमार्फत् अनौपचारिक माध्यमबाट भुक्तानी गर्नु गैरकानूनी रहेको भन्दै त्यस्तो विज्ञापन गर्ने काम बन्द गर्न आह्वान गरेको छ ।

राष्ट्र बैकले यस्तो कारोवारबाट विदेशी मुद्रा अपचलन हुने भन्दै विदेशी विनिमय (नियमित) गर्ने ऐन २०१९ अनुसार कारबाही गर्ने समेत जनाएको छ ।
विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९ को दफा ९ अनुसार नेपाल बाहिर बसोबास गर्ने कुनै पनि व्यक्तिलाई कुनै तरिकारले कुनै किसिमको भुक्तानी दिन नहुने उल्लेख गरिएको छ ।

ऐनकै दफा १७ मा बैंकले तोकेको कुनै पनि प्रक्रियाविपरित कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरेवापत् कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगोबमोजिम जरिवानादेखि ३ गुणासम्म जरिवाना हुनेछ ।

तर त्यस्तो कसुरसँग सम्बन्धित बिदेशी बिनिमय जफत गर्न नमिल्ने अबस्थाको कसुरहरुका सम्बन्धमा सो कसुरसँग सम्बन्धित विदेशी बिनियमको विगो कायम गरी त्यसरी काम हुन आएको बिगो बमोजिमको ३ गुणासम्म जरिवाना थप सजाय हुनेछ ।

ऐनकै दण्ड सजायसम्बन्धी व्यवस्थामा भनिएको छ, उपदफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अबस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : ४२ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार