फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी « Khabarhub

फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले फेसबुक, ट्विटर र युट्युवमा विज्ञापन गरेर विदेशमा भुक्तानी गर्न रोक लगाएको छ ।

केन्द्रीय बैकले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमार्फत् विज्ञापनमार्फत् अनौपचारिक माध्यमबाट भुक्तानी गर्नु गैरकानूनी रहेको भन्दै त्यस्तो विज्ञापन गर्ने काम बन्द गर्न आह्वान गरेको छ ।

राष्ट्र बैकले यस्तो कारोवारबाट विदेशी मुद्रा अपचलन हुने भन्दै विदेशी विनिमय (नियमित) गर्ने ऐन २०१९ अनुसार कारबाही गर्ने समेत जनाएको छ ।
विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९ को दफा ९ अनुसार नेपाल बाहिर बसोबास गर्ने कुनै पनि व्यक्तिलाई कुनै तरिकारले कुनै किसिमको भुक्तानी दिन नहुने उल्लेख गरिएको छ ।

ऐनकै दफा १७ मा बैंकले तोकेको कुनै पनि प्रक्रियाविपरित कुनै पनि व्यक्तिले कुनै काम गरेमा सो काम गरेवापत् कसुरसँग सम्बन्धित विदेशी विनियम जफत गरी त्यस्तो व्यक्तिलाई बिगोबमोजिम जरिवानादेखि ३ गुणासम्म जरिवाना हुनेछ ।

तर त्यस्तो कसुरसँग सम्बन्धित बिदेशी बिनिमय जफत गर्न नमिल्ने अबस्थाको कसुरहरुका सम्बन्धमा सो कसुरसँग सम्बन्धित विदेशी बिनियमको विगो कायम गरी त्यसरी काम हुन आएको बिगो बमोजिमको ३ गुणासम्म जरिवाना थप सजाय हुनेछ ।

ऐनकै दण्ड सजायसम्बन्धी व्यवस्थामा भनिएको छ, उपदफा १ बमोजिम बिगो कायम गर्दा रकम खुल्न वा खुलाउन नसकिने अबस्था आइपरेमा कसुरको मात्रा हेरी २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : ४२ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच