कोरोना भाइरस नियन्त्रणबारे सभापति देउवाले दिए सरकारलाई पाँच बुँदे सुझाव « Khabarhub

कोरोना भाइरस नियन्त्रणबारे सभापति देउवाले दिए सरकारलाई पाँच बुँदे सुझाव


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापीरुपमा फैलिएको कोरोनामा भाइरसको संक्रमण रोक्नका लागि सरकारलाई पाँच बुँदे सुझाव दिएका छन् ।

उनले चीनमा रहेका नेपालीहरुको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत आग्रह गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसबारे नेपालले राख्नु पर्ने सतर्कता र सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे पाँचबुदे अपिल सार्वजनिक गरेका छन् ।

‘अन्तराष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता सँगै नेपालले राख्नु पर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु,’विज्ञप्तिमा भनिएको छ ।

यस्ता छ देउवाका पाँच बुँदे सुझाव

१) कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ ।

नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न म नेपाली काँग्रेसका साथीहरुसँगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई विशेष आग्रह गर्दछु ।

२) नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न अपिल गर्दछु, ताकी कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस ।

३) कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ । कोरोना भाईरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।

४) वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता म औंल्याउन चाहन्छु ।

५) संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराउन चाहन्छु ।

अन्त्यमा,

कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि म नेपाली काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा विशेष अपिल पनि गर्दछु ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : ४६ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै