मोटरसाईकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

मोटरसाईकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नम्बरको स्कुटीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मृत्यु भएका दुवै लु ४२ प ७०४६ नं को मोटरसाइकलमा सवार थिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै