खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए « Khabarhub

खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् ।

खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् ।

अंकित शाहसहित एक जना पोखरा र तीन जना काठमाडौका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । शाह बाहेक तीन जनाको पूर्ण विवरण खुलेको छैन ।

बिहीबार बिहान खोप्रा लेकमा खाना खाएर नारच्याङ तर्फ हिडेका उनीहरु बाटो बिराएपछि जंगलको खोचमा हराएका हुन् । ‘उनीहरुसँग मोवाइलमा सम्पर्क हुन्छ तर कहाँ छन भनेर ठाउँ पत्ता लागेको छैन,’ प्रजिअ ढकालले भने, ‘दिनभरि स्थलमार्गबाट खोजी गर्दा भेटिएका छैनन् ।’

घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको उनले बताए । ‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’– प्रजिअ ढकालले भने ।

जंगलभित्र आगो बालेर धुवा बनाई संकेत गर्न आग्रह गरिएपनि ठाउँ पत्ता लागेको छैन् । प्रजिअ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुँवर सहित सशस्त्र र नेपाल प्रहरीको टोली शुक्रबार दिउँसो हराएकाहरुको खोजीमा खोप्रा तर्फ गएको थियो ।

खोप्रा क्षेत्रमा जंगल र भिर छ । मानवबस्ति देखि टाढा छ । २०७२ बैशाखमा घोडेपानी देखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ५८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर