खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए « Khabarhub

खोप्रा लेक घुम्न गएका ४ पदयात्री हराए


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर चार जना पदयात्री हराएका छन् ।

खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार बिहानदेखि हराएका उनीहरु शुक्रबार साँझसम्म भेटिएका छैनन् ।

अंकित शाहसहित एक जना पोखरा र तीन जना काठमाडौका पैदलयात्रीहरु बाटो बिराएर जंगलमा अलपत्र परेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । शाह बाहेक तीन जनाको पूर्ण विवरण खुलेको छैन ।

बिहीबार बिहान खोप्रा लेकमा खाना खाएर नारच्याङ तर्फ हिडेका उनीहरु बाटो बिराएपछि जंगलको खोचमा हराएका हुन् । ‘उनीहरुसँग मोवाइलमा सम्पर्क हुन्छ तर कहाँ छन भनेर ठाउँ पत्ता लागेको छैन,’ प्रजिअ ढकालले भने, ‘दिनभरि स्थलमार्गबाट खोजी गर्दा भेटिएका छैनन् ।’

घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको उनले बताए । ‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’– प्रजिअ ढकालले भने ।

जंगलभित्र आगो बालेर धुवा बनाई संकेत गर्न आग्रह गरिएपनि ठाउँ पत्ता लागेको छैन् । प्रजिअ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुँवर सहित सशस्त्र र नेपाल प्रहरीको टोली शुक्रबार दिउँसो हराएकाहरुको खोजीमा खोप्रा तर्फ गएको थियो ।

खोप्रा क्षेत्रमा जंगल र भिर छ । मानवबस्ति देखि टाढा छ । २०७२ बैशाखमा घोडेपानी देखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ५८ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक