अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै « Khabarhub

अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एजुकेसन यूएसए-नेपालले नेपाली विद्यार्थीलाई अमेरिका अध्ययनबारे जानकारी गराउन सघाउने पुस्तिका र मोबाइल एप सार्वजनिक गरेको छ।

यूसेफ–नेपाल र फुलब्राइट कमिसनको महाराजगञ्जस्थित नयाँ भवनको उद्घाटन समारोहको अवसरमा उक्त पुस्तिका र मोबाइल एप सार्वजनिक गरिएको हो।

नयाँ भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि संयुक्त राज्य अमेरिका पढ्न जाने योजना बनाएकाहरूका लागि परामर्श सेवा लगायतका सुविधाहरू उपलब्ध हुने एजुकेशन युएस(नेपालले जनाएको छ ।

नयाँ भवन उद्‌घाटन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली र अमेरिकी विद्यार्थीका लागि शैक्षिक आदानप्रदानको महत्त्वमाथि जोड दिएका थिए ।

“हाल अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो । यस वर्ष अमेरिकामा १३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् । नयाँ पुस्ताका युवाहरूबाट नेपाल र अमेरिकाबिचको जनता(जनताबिचको सम्बन्धको बढ्दो सञ्‍जालमा योगदान हुने विषयमा हामी उत्साहित छौँ,” राजदूत बेरीले भने ।

“यी विद्यार्थीहरूले उत्कृष्ट शिक्षा हासिल गर्नेछन् र आफ्नो देशमा फर्केर स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान गर्नेछन् भन्ने हामीलाई आशा लागेको छ ।”

कार्यक्रममा सहभागीहरु

शिक्षा मन्त्रालयका सहसचिव रामसरण सापकोटाले पनि शैक्षिक आदानप्रदानले दुई देशबीचको दौत्य सम्बन्धमा विशेष महत्त्व राख्‍ने कुरा आफ्नो मन्तव्यका क्रममा राखेका थिए ।

नेपालमा शैक्षिक आदानप्रदान कार्यक्रम सञ्‍चालन गर्नका लागि सन् १९६१ मा अमेरिकी सरकार र नेपाल सरकारबीच सम्पन्न सम्झौताअनुसार फुलब्राइट कमिशनको स्थापना भएको हो ।

सन् १९६१ देखि फुलब्राइट कमिशनद्वारा सञ्‍चालित विभिन्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि झण्डै ७०० नेपालीहरू अमेरिका पुगेका छन् भने ६०० अमेरिकीहरू नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिका र नेपालबीच शैक्षिक आदानप्रदानका लागि सञ्‍चालित युसेफ(नेपाल र फुलब्राइट कमिशन दुई दशक अघि स्थापना भएको हो । काठमाडौंको ज्ञानेश्वरमा रहेको उक्त कार्यालय हाल नयाँ भवन बनेपछि महाराजगंज सरेको हो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ५१ बजे

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण