ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन बुझाइयो « Khabarhub

ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन बुझाइयो


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ ।

ब्यूरोले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले २०७५ फागुन २८ को मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार अनुसन्धान कार्य सिआइबीलाई दिएकाले सिआइबीले अनुसन्धान गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको जानकारी दिए।

सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको तथ्य फेला पारेपछि मन्त्रिपरिषद्ले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिएको थियो । प्रतिवेदन तयार गर्न सिआइबीले झण्डै ११ महिना लगाएको थियो।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : १० बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल