कोरोना भाइरसको सन्त्रासः चीनमा सडकमै भेटियो शव « Khabarhub

कोरोना भाइरसको सन्त्रासः चीनमा सडकमै भेटियो शव


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- कोरोना भाइरस चीनमा महामारीका रुपमा फैलिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् ।

यसैबीच बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानको सडकमा एक हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको हो।

कोरोनाको संक्रमण फैलिनुभन्दा पहिले भीडभाड हुने सडकमा ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन्।

सबैभन्दा पहिले पत्रकारहरुले ती व्यक्तिको शव देखेका थिए । केही समयपछि शरीर पुरै छोपिने ‘प्रोटेक्टिभ सुट’ लगाएर प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्यो। उनीहरुले नीलो ब्ल्याङ्केटले ती व्यक्तिको शव ढाकेका थिए ।

उनीहरुले सुपरमार्केटबाट कार्टुन बक्स ल्याएर शव छोपे। केही समयपछि एउटा सेतो भ्यान आएर पहेँलो ‘सर्जिकल ब्याग’मा शव उठाएर लगेको थियो। उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छरेको थियो । एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि नभएको बताएको छ।

उनी झन्डै ६० वर्षका देखिने एएफपीले जनाएको छ। शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताइन्।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ५४ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र