विदेशबाट आएकाहरु सबै घरमा गए, क्वारेन्टाइनमा बस्नेको संख्या न्यून | Khabarhub Khabarhub

विदेशबाट आएकाहरु सबै घरमा गए, क्वारेन्टाइनमा बस्नेको संख्या न्यून


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाँच र साकेला गाउँपालिकाले एक जनालाई मात्र क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बस्ने उनीहरु सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको बताइएको छ । गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । रतन्छास्थित साकेला माविमा निर्माण गरिएको १० श्ययाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको हो ।

यस्तै यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुईमध्ये एक अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् । केपिलासगढी गाउँपालिकाका एक युवा धरानस्थित क्वारेन्टाइनमा बसे पनि जन्तेढुङ्गा गाउँपालिकाका अर्का युवा भने होम क्वारेन्टाइन बसेका हुन् ।

उनलाई गत चैत १२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्ने गरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख शङ्करमान राईले बताए ।

नेपालमा समेत कोरोना भाइरसका सङ्क्रमित भेटिएपछि देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेक्रम शुरु भएसँगै जिल्लामा पनि क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्नेमा स्थानीय तहबीच होडबाजी नै चलेको थियो तर विदेशबाट फर्किनेको सङ्ख्या अधिक भए पनि निर्माण गरिएका क्वारेन्टाइनमा राख्नेतर्फ ध्यान गएको छैन ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका कतिपय स्थानीय तहले भर्खरै मात्र विदेशबाट फर्किएका व्यक्तिको लगत सङ्कलनको काम शुरु गरेको पाइएको छ । यसअघिदेखि नै लगत सङ्कलन शुरु गरिएका कतिपय स्थानीय तहमा समेत अहिलेसम्म यकिन तथ्याङ्क जम्मा भइसकेको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ५४ बजे

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर

शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन