कोरोना भाइरसको सन्त्रास– विदेशबाट गाउँमा आएका व्यक्तिबारे जानकारी दिनेलाई पुरस्कार ! | Khabarhub Khabarhub

कोरोना भाइरसको सन्त्रास– विदेशबाट गाउँमा आएका व्यक्तिबारे जानकारी दिनेलाई पुरस्कार !


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– कोरोना भाइरस (काभिड –१९ )को सम्भावित जोखिम कम गर्न  सोलुखुम्बुमा हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् ।

एक नगरपालिका सहित ८ स्थानीय तह रहेको जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन । वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात श्ययाको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिइ र ३ थान गन फर फिवर रहेका छन् । ११ वटा वडा रहेको नगरपालिकाले सोेमबारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको प्रयोग गरि विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो ।

थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५/१५ श्यया सहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच श्ययाको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । बैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

टोलटोलमा माईकिङ गरेको गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिन व्यक्तिलाई रु.५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुङगनाका अनुसार ३ थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् । नेचासल्यान गाउँपालिकाले १४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आईसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

उनका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नका लागी सवारीसाधन तयारी अबस्थामा राखिएको छ । सो गाउँपालिका १० थान पिपिइ रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामाग्री भने प्रयाप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा ५ श्ययाको आइसोलेसन र २५ श्ययाको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उनको भनाई छ । वैदेशीक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा पिपिइ र गन फर फिवर नभएको स्वास्थ्य संयोजक आचार्यको भनाई छ । सो भाइरसको जोखिम कम गर्न टोलटोलमा साबुन पानीको व्यवस्था गर्दै घरदैलो कार्यक्रम जारी राखिएको गाउँपालिकाले जनाएको छ ।

सोताङ गाउँपालिकाले तीन श्ययाको क्वारेन्टाइन र चार श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिइन् । स्वास्थ्यकर्मीका लागि पिपिइ र गनफर फिवर समेत नभएको यस गाउँपालिकाले भने अहिले सम्म वैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन भने अन्य सचेतनाका कार्यक्रम समेत अन्य स्थानीय तहको तुलनामा गरेको छैन । यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ ।

माप्यदूधकोशी गाउँपालिकाले पाँच श्ययाको क्वारेन्टाइन र पाँच श्यया आईसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामाग्री र औषधि समेत नभएको बताईएको छ ।

सोमबार मात्रै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिए । यस्तै ६ वटा वडामा पनि वडा स्तरीय समन्वय समिति निर्माण गरिसकिएको बताईएको छ । वडा नं ७ मा मंगलबार समिति गठन हुने गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ श्ययाको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए । पाँच वडा वडा रहेको यस गाउँपालिकासंग २५ थान पिपिइ, १० थान गन फर फिवर रहेको बताईएको छ । पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परिक्षणका लागि उपकरण ल्याएको थियो । तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

लिखुपिके गाउँपालिका पाँच वटा वडा रहेको यस गाउँपालिकासंग कुनैपनि स्वास्थ्य उकरण नभएको बताइएको छ । २५ श्यया क्षमताको क्वारेन्टाइन र ८ श्ययाको आईसोलेसन कक्ष तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो ।

चार वटा एम्बुलेन्स तयारी अवस्थामा

कोरोना भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पुर्‍याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, केरुङ्ग स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिए ।


भोजराज कार्की/रासस

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : १३ बजे

अफ्रिकामा खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

इथियोपिया – इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

विज्ञ भन्छन् : मधेशमा खाद्य संकट घटाउन कृषि बाली परिवर्तन गर्नुपर्छ

काठमाडौं – मधेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको