एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु « Khabarhub

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १ : ४५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले