बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक | Khabarhub Khabarhub

बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।  भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए ।

अमरगढी नगरपालिका २ र ३ मा भारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।

राउटे बस्तीमा मास्क र साबुन

जिल्लाको परशुराम नगरपालिका– ४ रजौडामा बसोबास गर्दै आएका लोपोन्मुख राउटेहरुलाई मास्क र साबुन वितरण गरिएको छ ।

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ०१ बजे

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार