वीर अस्पतालमा मृत्यु भएका २ जनामा देखिएन कोरोना संक्रमण « Khabarhub

वीर अस्पतालमा मृत्यु भएका २ जनामा देखिएन कोरोना संक्रमण


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका १ महिला र १ पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार भर्ना भएकी ३७ वर्षीया १ महिना र सोमबार नै भर्ना भएका ५० वर्षीया पुरुषको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको दुवै जनालाई कोरोना संक्रमणको आशंकामा स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तर, प्रयोगशालाबाट प्राप्त रिपोर्टमा दुवै जनालाई कोरोनाको संक्रमण नदेखिएको वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।

काठमाडौंको सतंगुल घर भएकी ३७ वर्षीया महिला र भारत घर भइ काठमाडौंको कालिमाटी बस्दै आएका ५० वर्षीया पुरुषको सोमबार मृत्यु भएको थियो ।

मृत्यु भएकी महिला यसअघि पनि मधुमेह, पिसाबको संक्रमण र आइपोटेन्सन लगायत समस्याबाट ग्रसित थिइन् ।

परिवारका सदस्यहरुले उनको कोरोनाका कारण मृत्यु नभएको भन्दै सोमबार नै अस्पतालबाट शव बुझेर लगिसकेका थिए ।

५० वर्षीय भारतीय पुरुषलाई भने बेहोस अवस्थामा सोमबार बिहान ११ बजे वीर अस्पताल ल्याइ पु¥याइएको थियो । उपचारकै क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको थियो ।

अस्पतालका अनुसार सोमबार मृत्यु भएका ५० वर्षीय भारतीय पुरुषको भने मंगलबार अपराह्न मात्रै कोरोना संक्रमण नदेखिएको रिपोर्ट आएपछि आफन्तहरुले बुझेर लगेका छन् ।

यसअघि आइतबार राति ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा पनि १ जना बिरामीको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । अस्पतालले कोरोना संक्रमणको आशंकामा नमूना संकलन गरी परीक्षणका लागि पठाए पनि रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ५६ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण