चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य, आइसोलेसनमा उपचार हुँदै « Khabarhub

चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य, आइसोलेसनमा उपचार हुँदै


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना संक्रमितहरुको स्वास्थ्य अवस्था समास्य रहेको अस्पतालहरुले जनाएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जना, सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार १ जना र बाग्लुङको धौवलागिरी अस्पताल उपचारत १ जना गरी ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालहरुले जनाकारी दिएका हुन् ।

टेकुस्थित शुक्रराज अस्पतालका निर्देशक डाक्टर सागर राग भण्डारीले आफ्नो अस्पतालको आइसोलनसमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

शुक्रराज अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौकी १९ बर्षिया युवती र गत चैत ६ गते यूएईबाट नेपाल आएका एक युवक कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारत छन् ।

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा भण्डारीले बताए ।

यसैगरी कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ बर्षिय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ । अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसहरु पनि निगरानीमा रहेको जानकारी दिए । संक्रमितलाई अहिले अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको डा जोशीले बताए ।

यसैगरी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी वाग्लुङकी १९ बर्षिया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको धौवलागिरी अस्पताल वाग्लुङका मेडिकल सुपरीटेन्डेट डा. शैलेन्द्र विके पोखरेल जानकारी दिए ।

ती युवतीसँगै पोखरा गएका र उनीसंग नजिक रहेका ९ जनाको स्वाव संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइसकेको डा पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको