कोरोना भाइरसको महामारीले अर्थतन्त्र सुस्त हुने विश्व बैंकको प्रक्षेपण « Khabarhub

कोरोना भाइरसको महामारीले अर्थतन्त्र सुस्त हुने विश्व बैंकको प्रक्षेपण


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को महामारीले एसियाली अर्थतन्त्र निकै सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बिशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ ।

विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको उल्लेख गरेको छ ।

उसले सन् २०२० मा समग्र विकासशील मलुकको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

यो दर माइनस शून्य दशमलव पाँच प्रतिशतमा पनि जान सक्ने बताएको छ । जबकी सन् २०१९ मा यो क्षेत्रको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यो भाइरसको प्रभाव सबै मुलुकमा देखिएकोले यस्तो प्रक्षेपण गरिएको उल्लेख छ । विश्वका सबै मुलुकले आर्थिक सुधारको लागि विभिन्न कार्यक्रम अघि सार्नु जरुरी रहेको बैंकले उल्लेख गरेको छ

विश्व बैंक यो महामारीले धेरै मानिसलाई गरिबीको दिशामा धकेल्ने भन्दै चिन्तित छ । यो महामारीको कारण यसवर्ष दुई करोड ४० लाखभन्दा कम मात्र मानिस गरिबीको रेखाबाट बाहिर आउने बैंकले उल्लेख गरेको छ ।

जबकी यस वर्ष तीन करोड ५० लाख मानिस गरिबीको रेखाबाट माथि उठ्नसक्ने अनुमान गरिएको थियो । आर्थिक अवस्था अझै कमजोर बने गरिबी एक करोड १० लाखले बढ्ने विश्व बैंकको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ३७ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा