बाजुरामा रुघाखोकीले सिंगो गाउँ नै प्रभावित « Khabarhub

बाजुरामा रुघाखोकीले सिंगो गाउँ नै प्रभावित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ ।

साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।

एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए ।

परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् । सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् ।

कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ४३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर