कोरोनाविरुद्धको लडाइँका लागि लता मंगेशकरले गरिन् २५ लाख सहयोग « Khabarhub

कोरोनाविरुद्धको लडाइँका लागि लता मंगेशकरले गरिन् २५ लाख सहयोग


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका लता मंगेशकरले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि भन्दै २५ लाख रुपैयाँ भारु सहयोग गर्ने जनाएकी छिन् । लताले एक ट्वीट गर्दै सहयोगको घोषणा गरेकी हुन् ।

यसअघि पनि कोरोना भाइरसविरुद्धको लडाइँमा बलिउडकर्मीले खुलेर सहयोग गर्ने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको लडाइँका लागि भन्दै खडा गरेको कोषमा अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस्तै कपिल शर्मा, वरुण धावन, आलिया भट्ट, राजकुमार राव, प्रभास लगायत दर्जनभन्दा बढी सेलिब्रेटीले सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतमा २१ दिने लामो लकडाउन भएपछि बलिउडकर्मी यतिबेला फुर्सदमा छन् । भारतमा पनि कोरोना भाइरसको सन्त्राण तीव्र रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण भारतमा ३२ जनाले ज्यान गुमाएका छन् भने १ हजारभन्दा बढी संक्रमित रहेको पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ३८ बजे

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा

डाक्टर तोसिमालाई फेरि अवसर

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय