पीपीईका विषयमा महावीरले लेखे- ‘विद्वान मुर्खहरु’का कुराले छक्क परेँ, तपाईंलाई के लाग्छ ?  « Khabarhub

पीपीईका विषयमा महावीरले लेखे- ‘विद्वान मुर्खहरु’का कुराले छक्क परेँ, तपाईंलाई के लाग्छ ? 


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि आफूले निर्माण गरेका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) माथि उठेका प्रश्नप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

उनले आफूले निर्माण गरेका पीपीई निशुल्क वितरण गरेको सन्दभर्मा समाजका विद्वान भनाउँदाहरुले कमसलताको कुरा निकालेकोप्रति लक्षित गरी व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन-

हामीले सकेसम्म र जानेसम्म सुरक्षित बनाएको र फ्री मा बाँडेको PPE को बारेमा :–

केहि पनि खाने कुरा नपाएर बनको कन्दमुल र झारपात खाएर पनि प्राण धान्न प्रयास गरी रहेका पीडित मानिसहरुलाई कसैले गएर तल भने अनुसार भन्यो भने त्यस्तो विद्वानलाई तपाई के भन्नु हुन्छ ?

— “हैट, यी कन्दमुल र झारपातहरू खानु हुने चिज हुँदै होइनन्, यस्तो चिज खानु हुँदैन । मासु भात, दुध दही, फलफूलहरु पो खानु पर्छ । यस्तो झारपात खाए पछि ता मरी हाल्छ नि । किन खाएका यस्तो चीजहरु तिमी मुर्ख हरुले ? —

PPE को कुराले म साह्रै छक्क परेको छु । तपाईहरुलाई कस्तो लाग्छ कुन्नि ?

उनले यो स्टाटसमा समय र परिस्थिति अनुरुप मानिसहरु चल्न सक्नुपर्ने आशय व्यक्त गरेका छन् । उनले आफूले बनाएका पीपीई सुरक्षाका दृष्टिले कमजोर नभएको दाबी गर्दै समाजमा कुरा काट्नेहरुको कमी नहुने भन्दै व्यंग्य गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : २६ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको