कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ६१ लाख ५३ हजार संक्रमित, ३ लाख ७० हजारको मृत्यु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६१ लाख ५३ हजार ३७९ जना संक्रमित भएका हुन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार ८४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ५७६ पुगेको छ ।

३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ भने २७ लाख ३४ हजार ५४६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृत्यु भएको छ ।

२० लाख ४ हजार २२६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ५९ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत