किशोरी बलात्कारको आरोपमा पाल्पामा दुई जना पक्राउ « Khabarhub

किशोरी बलात्कारको आरोपमा पाल्पामा दुई जना पक्राउ


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् ।

यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् । यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् ।

किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ३१ बजे

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा दुई वटा विधेयक पेस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी– गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले