भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायत खोल्ने अनुमति « Khabarhub

भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायत खोल्ने अनुमति


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम रोक्न पछिल्लो पटक लकडाउनको अवधि एक महिना लम्ब्याइए पनि केही खुकुलो गरिएको छ ।

दैनिक जनजीवन सहज बनाउन लकडाउन केही खुकुलो पारिएको हो । भारत सरकारले शनिबार एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै संक्रमण नदेखिएका क्षेत्रमा खुकुलो बनाउने निर्णय गरेको हो ।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आज सकिँदै छ । भारतीय गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।

भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।

रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ । अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब