भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायत खोल्ने अनुमति « Khabarhub

भारतमा लकडाउन खुकुलो : धार्मिकस्थल, होटल, सैलुनलगायत खोल्ने अनुमति


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको जोखिम रोक्न पछिल्लो पटक लकडाउनको अवधि एक महिना लम्ब्याइए पनि केही खुकुलो गरिएको छ ।

दैनिक जनजीवन सहज बनाउन लकडाउन केही खुकुलो पारिएको हो । भारत सरकारले शनिबार एक महिनाका लागि लकडाउन लम्ब्याउने निर्णय गर्दै संक्रमण नदेखिएका क्षेत्रमा खुकुलो बनाउने निर्णय गरेको हो ।

भारतमा चौथो पटक थपिएको लकडाउनको समय आज सकिँदै छ । भारतीय गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।

भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लकडाउन लम्ब्याउनुका साथै विभिन्न छुटसहित खुकुलो पारिएको बारे जानकारी दिइएको छ ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थल, होटल, सैलून, रेस्टुरेन्ट खोल्ने अनुमति निश्चित सर्तसहित दिइनेछ ।

रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ । अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने भारतीय मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४४ बजे

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट